अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रियसभा अध्यक्ष दाहाल इस्तानबुल प्रस्थान

राष्ट्रियसभा अध्यक्ष दाहाल इस्तानबुल प्रस्थान


 काठमाडौं(राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल अन्तर(व्यवस्थापिका संघको १५२ औं महासभामा सहभागी हुन इस्तानबुल प्रस्थान गरेका छन्।

टोलीमा राष्ट्रिय सभाका सदस्यहरू डा. अन्जान शाक्य र कृष्णबहादुर रोकाया पनि छन् । संसदीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै टर्किस एअरलाइन्सको उडान मार्फत बिहान ७ बजे इस्तानबुल प्रस्थान गरेका हुन्।

वैशाख २ गते देखि ०६ गतेसम्म टर्कीको इस्तानबुलमा आयोजना हुने महासभामा अध्यक्ष दाहालले मन्तव्य प्रस्तुत गर्नेछन् ।

साथै, विभिन्न संसदका प्रमुखहरूसँग द्विपक्षीय भेटघाट गर्ने कार्यक्रमसमेत रहेको छ।