अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अमेरिकी सदनको रिपोर्ट भन्छ– नेपालमा अमेरिकाको प्रमुख चासो तिब्बती शरणार्थी

अमेरिकी सदनको रिपोर्ट भन्छ– नेपालमा अमेरिकाको प्रमुख चासो तिब्बती शरणार्थी


काठमाडौं-अमेरिकी संसद अर्थात् कंग्रेसको रिपोर्टले नेपालमा अमेरिकाको प्रमुख चासो तिब्बती शरणार्थी भएको उल्लेख गरेको छ । सन् २०२६ मा मात्रै तिब्बत बाहिरका तिब्बतीमाथि गरेको १ करोड ३० लाख डलर लगानीको एक हिस्सा नेपालमा भएको अमेरिकी सदनको रिपोर्टमा भनिएको छ ।

रिपोर्टको पेज ३ मा लेखिएको छ, ‘नेपालमा अमेरिकी विदेश नीतिको प्रमुख तत्त्व भनेकै तिब्बती शरणार्थीलाई सहयोग हो।’ रिपोर्टमा चीन सरकारले नेपालमा भएका तिब्बती शरणार्थीलाई सभा सम्मेलन गर्न र अभिव्यक्ति दिन बन्देज गरेका समाचार आएको पनि बताइएको छ। 

अमेरिकाको संसदको खोज अनुसन्धान गर्ने मोर्चा ‘कंग्रेसनल रिसर्च सर्भिस’ले तयार पारेको तीन पेजको रिपोर्ट मारिया ए. ब्याकवुडले लेखेकी हुन्। अमेरिकी सदनका  सदस्य तथा विज्ञहरूको समेत सहभागितामा रिपोर्ट तयार गरिएको हो। रिपोर्ट गत मार्च ३१ मै आएता पनि नेपालमा चर्चा भने हालै मात्रै भएको हो।