अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

स्थानीय तह उपनिर्वाचनका लागि आजदेखि दल दर्ता सुरु

स्थानीय तह उपनिर्वाचनका लागि आजदेखि दल दर्ता सुरु


काठमाडौँ-निर्वाचन आयोगले आगामी मङ्सिरमा १६ गतेका लागि तय गरेको स्थानीय तहको उपनिर्वाचनका लागि दल दर्ताको काम सुरु गरेको छ। 

आयोगले आजदेखि असोज १६ गतेसम्म दल दर्ताको समय दिएको छ। उपनिर्वाचनमा भाग लिन चाहने राजनीतिक दलहरूले असोज १० गतेदेखि असोज १६ गतेसम्म दल दर्ता गराउन सक्ने आयोगले जनाएको छ। यसअघि नै दर्ता भएका दलहरूले संविधानको धारा २७१ र राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ अनुसार आफ्नो दललाई पुनः सक्रिय बनाउन असोज १६ सम्म निवेदन दिनुपर्ने आयोगद्वारा जारी सूचनामा उल्लेख छ। 

निवेदन दिनका लागि, दलहरूले राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को अनुसूची १२ अनुसार तयार पारिएको ढाँचामा कान्तिपथस्थित निर्वाचन आयोगले जनाएको छ।

स्थानीय तहमा रिक्त रहेका ४० पदका लागि उपनिर्वाचन हुन लागेको हो। दुई जिल्ला समन्वय समिति प्रमुख, २ गाउँपालिका अध्यक्ष, १ नगरपालिका प्रमुख, ४ गाउँपालिका उपाध्यक्ष, १ नगरपालिका उपप्रमुख, ९ गाउँपालिका वडाध्यक्ष, र २१ नगरपालिका वडाध्यक्षका पदहरू रिक्त्त छन्।