अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रवि पक्राउबारे महासचिव पोखरेलको टीप्पणी: अनुसन्धान प्रभावित पार्ने काम उचित होइन !

रवि पक्राउबारे महासचिव पोखरेलको टीप्पणी: अनुसन्धान प्रभावित पार्ने काम उचित होइन !


काठमाडौं-नेकपा एमालेका महासचिव शंकर पोखरेलले अदालतले अनुमति दिएको विषयमा भइरहेको अनुसन्धानलाई प्रभावित पार्ने काम उचित नभएको टिप्पणी गर्नुभएको छ।

कात्तिक २ गते शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सहकारीको बचत रकम अपचलनको आरोपमा अनुसन्धानका लागि पक्राउ परेको विषयमा रास्वपाले तडकभडक देखाएपछि महासचिव पोखरेलले सामाजिक सञ्जालमार्फत यस्तो सो कुरा बताउनु भएको हो।

‘अदालतले समेत अनुमति दिएको विषयको अनुसन्धानलाई नै प्रभावित गर्ने काम उचित होइन,’ महासचिव पोखरेलले सामाजिक सञ्जालमार्फत् भन्नुभएको छ।

साथै, महासचिव पोखरेलले सहकारी प्रकरणमा आरोपित भएका एमालेसम्वद्ध कार्यकर्ताहरु देवकुमार नेपाली (बागलुङ) र केपी उप्रेती (काठमाडौँ) जिम्मेवारीबाटै हटाएर पार्टीले अनुसन्धानमा सघाएको समेत स्मरण गराउनु भएको छ।

पार्टीले अनुसन्धानमा सघाएको समेत स्मरण गराउनुहुँदै महासचिव पोखरेलले भन्नुहुन्छ, ‘सहकारी प्रकरणमा आरोपित भएका नेकपा (एमाले) सम्वद्ध कार्यकर्ताहरु देवकुमार नेपाली (बागलुङ) र केपी उप्रेती (काठमाडौं)लाई जिम्मेवारीबाट हटाएरै अनुसन्धान प्रक्रियामा सहयोग गरेको थियो।’

सूूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखराको सहकारी ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुद्दा सम्बन्धमा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिलाई रवि लामिछानेलाई पोखरा लगिएको छ।

जिल्ला अदालत कास्कीले उक्त मुद्दामा अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएसँगै शुक्रबार काठमाडौँबाट पक्राउ पर्नुभएका लामिछानेलाई सडकमार्ग हुँर्द राति नै पोखरा ल्याइएको हो। लामिछानेलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गरी बिहान ३ बजेतिर जिल्ला प्रहरी कार्यालय कास्कीमा लगिएको प्रहरीले जनाएको छ। लामिछानेलेलाई आज सार्वजनिक बिदा परेका कारण भोलि मात्रै अदालतमा उपस्थित गराइने जनाइएको छ।