अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा

कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा


काठमाडौँ-कोशी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानून मन्त्री लिलाबल्लभ अधिकारी हिरासतमुक्त भएका छन्। जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँको निर्णय अनुसार अधिकारीलाई रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले जानकारी दिनुभयो।  

सांसद समेत रहेका अधिकारीविरूद्ध आजै मुद्दा नचल्ने निर्णय भएको थियो। सांसद अधिकारीविरुद्ध मुद्दा नचलाउने निर्णय भएको सरकारी वकिल कार्यालय काठमाडौंका प्रवक्ता एवं जिल्ला न्यायाधिवक्ता सीताराम अर्यालले जानकारी दिनुभयो । अधिकारी मानव तस्करीको आरोपमा फक्राउ परेका थिए। पक्राउ परेका अरु ११ जनाविरूद्ध भने जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ। तीन जना फरार छन्। 

गत कातिक ११ मा तत्कालीन मन्त्री अधिकारी, खोटाङका ३६ वर्षीय दावा शेर्पा, खोटाङकै जनक राई र रसुवाका २२ वर्षीय कञ्चन देवकोटा क्याथे प्यासिफिकको उडानमार्फत जापान गएका थिए।  सांस्कृतिक कार्यक्रमका लागि त्यहाँ हिँडेका अधिकारी र कञ्चन देवकोटाका लागि बिचौलियाले टोकियोमा एउटै होटल बुकिङ गरिदिएको खुलेको थियो।

टोकियो विमानस्थलबाट निष्कासन भई काठमाडौँ फर्किएका तत्कालीन मन्त्रीसहित ४ जना र ३ जना बिचौलियालाई प्रहरीले पक्राउ परेका थिए । पक्राउ पर्ने बिचौलियाहरूमा धादिङ घर भएका ३४ वर्षीय महेश पाण्डे, दोलखा घर भएका ३० वर्षीय वीरबहादुर सुनार र नुवाकोट घर भएका २३ वर्षीय जुगल रिजाल छन् । दावा शेर्पाका भाइ जापानमा बस्छन् । नेपालमा ट्रेकिङ्गको काम गर्ने शेर्पाका भाइले दोलखाका वीरबहादुरलाई चिनेका थिए । त्यही चिनजानका कारण जापान जान दावाले वीरबहादुरको बैंक खातामा ११ लाख ५५ हजार जम्मा गरेको प्रहरी अनुसन्धानमा देखिएको छ ।