अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

काठमाडौं महानगरको ध्यानाकर्षण गराउन अनेरास्ववियुले बाँड्यो सुकुम्बासीलाई राहत

काठमाडौं महानगरको ध्यानाकर्षण गराउन अनेरास्ववियुले बाँड्यो सुकुम्बासीलाई राहत


काठमाडौं-असोज दोस्रो साता बाढीबाट प्रभावितलाई काठमाडौं महानगरपालिकाले ध्यान नदिएपछि अनेरास्ववियु काठमाडौं जिल्ला कमिटीले राहत वितरण गरेको छ।

मोटो भ्लगर एमआरबी भ्लग तथा सुरक्षा केसीको सहयोगमा अनेरास्ववियु काठमाडौं जिल्ला कमिटीका उपाध्यक्ष अमन केसीको नेतृत्वमा त्रिपुरेश्वरस्थित सुकुम्बासी बस्तीमा करीब ८० हजार बराबरको राहत वितरण गरेको हो।

असोज १२ र १३ गतेको अविरल वर्षाबाट प्रभावित सुकुम्बासी बस्तीमा अझै पनि महानगरले वेवास्ता गरेको कारण महानगरको ध्यानाकर्षण गराउन त्रिपुरेश्वरस्थित सुकुम्बासी बस्तीमा राहत वितरण गरिएको अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य तथा काठमाडौं जिल्ला इन्चार्ज धर्मराज तिमल्सिनाले जानकारी दिनुभ भयो।

राहत वितरणमा जिल्ला कमिटी सचिव शिरिश पौडेललगायत सहभागी भएका थिए। बाढी प्रभावितको राहत र उद्दारमा काठमाडौं महानगरपालिकाको उपस्थिति कमजोर भएको भन्दै आलोचना भएको छ।