अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

एमाले उदयपुरद्वारा उपनिर्वाचनका लागि उम्मेदवारको टुङ्गो

एमाले उदयपुरद्वारा उपनिर्वाचनका लागि उम्मेदवारको टुङ्गो


उदयपुर-आगामी मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि नेकपा एमाले उदयपुरले त्रियुगा नगरपालिका-१२ र बेलका नगरपालिका-९ को वडाअध्यक्ष पदको उम्मेदवारको टुङ्गो लगाएको छ।

त्रियुगा नगरपालिका १२ को वडाअध्यमा लक्ष्मी नारायण चौधरी र बेलका नगरपालिका-९ को मोहन खड्कालाई उम्मेदवार बनाएको हो।

एमालेले आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनको लागि अधिकांश उम्मेदवारहरू टुंगो लगाइसकेको छ। कात्तिक २४ गते बसेको एमाले केन्द्रीय सचिवालय बैठकले पालिका, नगर, जिल्ला र प्रदेश कमिटीबाट सिफारिस भएका उम्मेदवारहरूको सूची अनुमोदन गरेको हो।