अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री ओलीविरुद्ध नक्कली कागजात बनाएर जनतालाई भ्रम छर्न खोजिँदैछः इन्द्र भण्डारी

प्रधानमन्त्री ओलीविरुद्ध नक्कली कागजात बनाएर जनतालाई भ्रम छर्न खोजिँदैछः इन्द्र भण्डारी


काठमाडौं-नेकपा एमालेका केन्द्रीय सदस्य इन्द्र भण्डारीले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली विरुद्धमा नक्कली कागजात तयार गरी जनतामा भ्रम सिर्जना गर्नु राष्ट्र र जनताका विरुद्धको षडयन्त्र भएको बताउनुभएको छ।

सामाजिक सञ्जाल फेसबुकमा लेख्दै नेता भण्डारीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंले गरेको पत्रकार सम्मेलनमा प्रसाईंले प्रस्तुत गरेका कागजातलाई इंगित गर्दै सो कुरा बताउनु भएको हो।

नेता भण्डारी लेख्नुहुन्छ, ‘प्रधानमन्त्रीका विरुद्धमा नक्कली कागजात तयारगरी जनतामा भ्रम सिर्जना गर्नु राष्ट्र र जनताका विरुद्धको षडयन्त्र हो। यस्तो अराजकताले समाजलाई कता लान खोजिदै छ बेलैमा सजग बनौं।’

आफूलाई सामाजिक अभियन्ता भन्ने दुर्गा प्रसाईँले कम्बोडियामा रहेको टेलिकम एक्जियाटा कम्पनीमा प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिकी डलर लगानी रहेको भन्दै विभिन्न कागजात राखेर भिडियो सार्वजनिक गर्नुभएको थियो। प्रसाईँले सो भिडियो सामाजिक सञ्जालमा राखेपछि नेता भण्डारीले यो राष्ट्र र जनता विरुद्धको षडयन्त्र भएको उल्लेख गर्नुभएको छ।