अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

नगर प्रमुख शर्माद्वारा सैनामैना नगरपालिकाको मुर्गिया क्षेत्रमा डिशहोमको नयाँ शाखा उद्घाटन

नगर प्रमुख शर्माद्वारा सैनामैना नगरपालिकाको मुर्गिया क्षेत्रमा डिशहोमको नयाँ शाखा उद्घाटन


रुपन्देही-रुपन्देहीको सैनामैना नगरपालिकास्थित मुर्गिया क्षेत्रमा डिशहोमको नयाँ शाखा उद्घाटन भएको छ। नगरपालिका प्रमुख फणेन्द्र प्रसाद शर्माले डिशहोमको नयाँ सेवा केन्द्र उद्घाटन गर्नुभएको हो।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, डिशहोमका कर्मचारीहरु तथा अन्य उल्लेखनीय ब्यक्तीहरुको उपस्थिति रहेको थियो।

सेवा केन्द्रले सैनामैना नगरपालिकाका ग्राहकहरूलाई डिशहोमका विविध सेवाहरू उपलब्ध गराउनेछ। ग्राहकहरूले यहाँबाट इन्टरनेटको नयाँ जडान, रिचार्ज, र टिभी जडान तथा रिचार्ज सेवा बुक गर्न सक्ने छन् । यस सेवा केन्द्रमार्फत अब सैनामैना क्षेत्रका स्थानीय ग्राहकहरूको आवश्यकता समाधान गर्न र गुणस्तरीय सेवा सुविधाहरू थप प्रभावकारी रूपमा प्रदान गर्न सहयोग गरिनेछ ।

डिशहोमको यो नयाँ शाखाले सैनामैना नगरपालिकाका नागरिकहरूलाई डिजिटल सेवासम्बन्धी सहज पहुँच पुर्‍याउन महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।