अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

दुर्गा प्रसाईंलाई स्वास्थ्य चेकजाँचका लागि वीर अस्पताल लगियो

दुर्गा प्रसाईंलाई स्वास्थ्य चेकजाँचका लागि वीर अस्पताल लगियो


काठमाडौँ-पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएको छ। भक्तपुरस्थित निवासबाट मंगलबार पक्राउ गरेर केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा ल्याइएसँगै प्रसाईंलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएको हो। 

स्वास्थ्य परीक्षणपछि उनलाई हिरासतमा राख्ने अनुमतिका लागि अदालतमा उपस्थित गराइने छ।

प्रसाईंमाथि लिखतसम्बन्धी कसुर (किर्ते) र विद्युतीय कारोबार (साइबर) अपराधमा अनुसन्धान गरी मुद्दा चलाउने प्रहरीको तयारी छ।

प्रसाईंले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियामा लगानी भएको भन्दै विवादास्पद भिडियो सार्वजनिक गरेका थिए।