अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

पार्टी र नेतृत्व विरुद्ध भइरहेको षडयन्त्र चिर्न लाग्ने एमाले वाग्मती प्रचार विभागको निर्णय

पार्टी र नेतृत्व विरुद्ध भइरहेको षडयन्त्र चिर्न लाग्ने एमाले वाग्मती प्रचार विभागको निर्णय


काठमाडौं-नेकपा एमाले वाग्मती प्रचार विभागले अहिले पार्टी र नेतृत्व विरुद्ध भइरहेको षडयन्त्र चिर्न त्यसका विरुद्धको प्रचारमा जुट्नु पर्ने निष्कर्ष निकालेको छ।

नेकपा एमाले वाग्मती प्रदेश कमिटी उपसचिव एवम् प्रचार विभाग प्रमुख भक्तकुमारी लामाको अध्यक्षतामा बसेको बैठकले पार्टी र सरकार विरुद्धको भ्रम चिर्न संगठित रूपमा प्रचारमा जुट्नु पर्ने निर्णय गरेको छ।

पार्टीका विरुद्ध भइरहेका षडयन्त्रहरू चिर्न र मुलुकमा कानुनी शासन कायम राख्न प्रचार विभागका सदस्यहरूको ठुलो भूमिका रहेको निष्कर्ष निकाल्दै बैठकले अस्थिरता र अराजकता फैलाएर स्वार्थ सिद्ध गर्न खोज्ने तत्त्वका विरुद्ध लाग्न निर्देशन दिएको छ।

बैठकले पार्टी र नेतृत्व विरुद्धको भ्रम चिर्नकै लागि मंसिर ७ गते काठमाडौंमा जागरण सभा आयोजना गर्न लागिएकोले त्यसको सुव्यवस्थित प्रचार गर्न आग्रह गरेको छ । बैठकले आगामी मंसिर १६ गते हुने उपनिर्वाचनमा पार्टीका उम्मेदवारहरूलाई विजयी गराउन प्रचारको काममा सक्रियतापूर्वक खट्न पनि निर्देशन गरेको छ।

त्यस्तै आगामी पुसको पहिलो साता वाग्मती प्रदेशमा प्रचार भेलाको आयोजना गर्ने निर्णय बैठकले गरेको प्रदेश प्रचार विभाग सचिव प्रेम दाहालले जानकारी दिनुभयो।

पञ्चायती शासकद्वारा घटाइएको सिन्धुपाल्चोक स्थित पिस्कर हत्या काण्डका विषयमा श्रव्य दृश्य सामाग्री निर्माण गर्ने निर्णय पनि बैठकले गरेको छ।