काठमाडौं-नेकपा एमालेले भोलि (शुक्रबार) काठमाडौंमा आयोजना गर्न लागेको जागरण सभामा भक्तपुरबाट १० हजार बढीले सहभागिता जनाउने तयारी भएको छ।
नेकपा एमाले भक्तपुरका अध्यक्ष बचन देउजाले सोही अनुसारको तयारी पार्टी कमिटीले गरेको जानकारी दिनुभयो। ‘हामीले जिल्ला कमिटी, सबै नगर कमिटी तथा जनसङ्गठनहरूको बैठक गरेका छौँ, पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुक, शुभचिन्तक तथा आमनागरिकलाई कार्यक्रममा सहभागिताको लागि अनुरोध गरेका छौँ, भक्तपुरबाट कम्तीमा पनि १० हजार जनाको सहभागिता हुनेछ’, उहाँले भन्नुभयो।
पार्टी सत्तामा रहेको बेलामा यस्तो कार्यक्रम किन रु भन्ने प्रश्नमा देउजाले पार्टी सत्तामा रहँदा आन्दोलन गर्न नहुने बताउँदै पार्टी र सरकारले गरेका काम जनताको बिचमा पुर्याउन सत्तामा रहेको बेला पनि सभा तथा जनप्रदर्शन गर्न सकिने बताउनुभयो। ‘पार्टी सरकारमा रहेको बेला आन्दोलन पो गर्नुहुँदैन, जनतालाई भेला गर्ने, पार्टीका कुरा सुनाउने, देशको अवस्था बारे जानकारी गराउने, सरकारले गरेका काम बारे जनाकारी दिने, जनसमर्थन जुटाउने काम गर्न के ले रोक्छ रु’ देउजाले प्रश्न गर्नुभयो ।
यति बेला समाजलाई भड्काउने, देशमा माथि सङ्कट पैदा गराउने खालका विभिन्न अराजक अभिव्यक्ति दिने कार्य भइरहेकाले पनि त्यस विषयमा नागरिकलाई सचेत गराउन जागरण सभा गर्न लागिएको देउजाले बताउनुभयो । ‘यतिबले सामाजिक अराजकता मच्चाउनेहरू, देशद्रोही गर्नेहरू सक्रिय भएका छन्, उनीहरूको यो क्रियाकलाप विरुद्ध जनतालाई जगाउन एमालेले कार्यक्रम गर्न लागेको हो’, उहाँले भन्नुभयो ।
अहिले देशी विदेशी अराजकतावादी र सामाजिक सद्भाव भड्काउने शक्तिको निशाना नेकपा एमाले र प्रधानमन्त्री केपी ओली भएको उहाँले बताउनुभयो । ‘नेकपा एमाले, त्यसको नेतृत्व पार्टी सभापति केपी ओली र सरका माथि चौतर्फी आक्रमण भइरहेको छ, भोलिको सभा मार्फत एमाले र हाम्रो हाम्रो नेतृत्व माथि भइएको आक्रमणलाई चिर्छौँ, जनतालाई सचेत गराउँछौँ’, उहाँले भन्नुभयो ।
एमाले माथिको आक्रमण चिर्न जागरण सभा गर्ने कुरा केही अघिबाटै चलेको बताउँदै उहाँले भोलिको सभा स्थानीय तहको उपनिर्वाचनसँग समेत सम्बन्धित रहेको बताउनुभयो । ‘यसले एमालेको पक्षमा थप जनमत निर्माणको लागि सहयोग गर्ने छ’, देउजाले भन्नुभयो ।
प्रतिक्रिया