काठमाडौँ-परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा आज बिहान भारतको दिल्ली पुग्नु भएको छ। परराष्ट्रमन्त्री डा.राणा देउवालाई विमानस्थलमा भारतस्थित नेपाली दूतावासका अधिकारी तथा भारतीय विदेश मन्त्रालयका अधिकारीले स्वागत गरेका थिए।
युरोपको भ्रमण सकाएर परराष्ट्रमन्त्री डा.राणा देउवालाई दिल्ली पुग्नुभएको हो। उहाँ हिजो जर्मनीबाट भारतका लागि प्रस्थान गर्नुभएको थियो।
भोलि अर्थात पुस ५ गते नेपाल समसामयिक अध्ययन केन्द्र र भारतको फाउन्डेसन फर इकोनोमिक ग्रोथ एन्ड वेलफेयर (एग्रो) को आयोजनामा हुने एक सम्मेलनलाई सम्बोधन गर्न उहाँ भारत जानुभएको हो।
उहाँले भारतका विदेश मन्त्री एस.जयशंकरसँग भेट्ने तयारी पनि गर्नुभएको छ।
प्रतिक्रिया