अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

लामिछानेको हिरासतभित्रको तस्बिर सार्वजनिक गर्नेलाई कारबाही गर्छौँ: कास्की प्रहरी

लामिछानेको हिरासतभित्रको तस्बिर सार्वजनिक गर्नेलाई कारबाही गर्छौँ: कास्की प्रहरी


काठमाडौं-जिल्ला प्रहरी कार्यालय कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको हिरासतभित्रको तस्बिर सार्वजनिक गर्नेलाई  कारबाही गरिने बताएको छ। 

जिल्ला प्रहरी कार्यालय कास्कीले विज्ञप्ति जारी गर्दै साइबर अपराध सम्बन्धी कानूनी प्रावधानलाई समेत उल्लङ्घन गरी अनधिकृत रूपमा सामाग्री प्रकाशन तथा सम्प्रेषण गर्ने कार्यमा संलग्न रहेका जो कोहीलाई कारबाही हुने बताएको हाे।

‘सूचनाको हक सम्बन्धी ऐन, २०६४ मा व्यवस्था भए बमोजिम अपराध अनुसन्धान, तहकिकात तथा अभियोजनमा गोपनीयता कायम गर्नुपर्ने व्यवस्था र प्रचलित साइबर अपराध सम्बन्धी कानूनी प्रावधानलाई समेत उल्लङ्घन गरी अनधिकृत रूपमा सामाग्री प्रकाशन तथा सम्प्रेषण गर्ने कार्यमा संलग्न रहेका जो कोही व्यक्तिलाई पनि कानूनी दायरामा ल्याई कानुन बमोजिम अनुसन्धान तथा कारबाही गरिने, ’विज्ञप्तिमा उल्लेख छ।