अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

पूर्वनिमित्त महाप्रबन्धक राणाको निधन

पूर्वनिमित्त महाप्रबन्धक राणाको निधन


काठमाडौँ-राष्ट्रिय समाचार समितिका पूर्वनिमित्त महाप्रबन्धक जयशम्शेर राणाको ८० वर्षको उमेरमा भारतको भोपालमा निधन भएको छ।

श्वासप्रश्वाससम्बन्धी समस्याबाट पीडित उहाँको उपचारका क्रममा आज बिहान निधन भएको हो। उहाँ रासस अङ्ग्रेजी समाचार सम्पादन शाखाको पूर्वप्रमुख पनि हुनुहुन्थ्यो। उहाँका भाई प्रभातशम्शेर राणाका अनुसार स्वर्गीय राणाको आजै अन्त्येष्टि गरिनेछ। राससबाट सेवानिवृत्त भएपछि उहाँ भोपाल बस्दै आउनुभएको थियो। उहाँका दुई छोरा छन्।