अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

भारतीय पूर्वप्रधानमन्त्री सिंहको निधनप्रति प्रधानमन्त्री ओलीद्वारा शोक व्यक्त

भारतीय पूर्वप्रधानमन्त्री सिंहको निधनप्रति प्रधानमन्त्री ओलीद्वारा शोक व्यक्त


काठमाडौँ-प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको निधनमा शोक व्यक्त गर्नुभएको छ। नेपाल र भारतको आपसी हितका विषयमा सिंहसँग भएका संवादहरू सम्झिरहेको आज सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ।

धानमन्त्री ओलीले लेख्नुभएको छ, ‘मित्रराष्ट्र भारतका पूर्वप्रधानमन्त्री, प्रतिष्ठित अर्थशास्त्री, मेरा मित्र डा. मनमोहन सिंहको ९२ वर्षको उमेरमा निधन भएको छ। नेपाल र भारतको आपसी हितका विषयमा उहाँसँग भएका संवादहरू सम्झिरहेको छु। दिवङ्गत मनमोहन सिंहप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु।’

भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको ९२ वर्षको उमेरमा गएराति निधन थियो। उपचारका क्रममा दिल्लीस्थित एम्स अस्पतालमा निधन भएको हो।