काठमाडौं-कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा निर्माणाधीन कर्णाली रंगशालाको काम अन्तिम चरणमा पुगेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत यसबारे जानकारी दिनुभएको हो। प्रधानमन्त्री ओलीले देशका विभिन्न शहरमा रंगशाला निर्माणको कामलाई सरकारले प्राथमिकतामा राखेर अघि बढाइरहेको उल्लेख गर्नुभएको छ।
‘वीरेन्द्रनगर शहर सुर्खेतमा कर्णाली रंगशाला निर्माणको काम अन्तिम चरणमा पुगेको छ। देशका विभिन्न शहरमा रंगशाला निर्माणको कामलाई सरकारले प्राथमिकतामा राखेर काम गरिरहेको छ’ प्रधानमन्त्री ओलीले फेसबुकमा लेख्नुभएको छ।
प्रतिक्रिया