अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

नेकपा एसका केन्द्रीय सदस्य चेपाङ एमालेमा प्रवेश, प्रधानमन्त्री ओलीद्वारा स्वागत

नेकपा एसका केन्द्रीय सदस्य चेपाङ एमालेमा प्रवेश, प्रधानमन्त्री ओलीद्वारा स्वागत


काठमाडौं-नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य गोविन्दराम चेपाङ आज नेकपा एमालेमा फर्कनुभएको छ।

एमालेको केन्द्रीय कार्यालय, च्यासलमा जारी केन्द्रीय कमिटीको आठौँ बैठकको आजको खाजा ब्रेक हुनुपूर्व प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित नेताहरुले एकीकृत समाजवादीका आदिवासी जनजाति फाँटका सहइञ्चार्ज चेपाङलाई स्वागत गर्नुभयो।

मकवानपुर निवासी चेपाङ संविधानसभा सदस्य पनि हुनुहुन्छ। बैठकमा अहिलेसम्म ६४ केन्द्रीय सदस्यले अध्यक्षको राजनीतिक प्रतिवेदनमाथि बोल्नुभएको छ भने स्थायी र पोलिटब्यूरोका गरी बोल्न चाहने ५२ जनाले बोल्न बाकी रहेको छ।