अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

अमृत राई परराष्ट्र सचिवमा बढुवा

अमृत राई परराष्ट्र सचिवमा बढुवा


काठमाडौं-परराष्ट्र मन्त्रालयका कायममुकायम सचिव अमृतबहादुर राई सचिवमा बढुवा हुनुभएको छ।

मंगलबारको मन्त्रिपरिषद् बैठकले राईलाई सचिवमा बढुवा गरेको हो। सरकारको निर्णयसँगै राईले बुधबार औपचारिक रुपमा सचिवको कार्यभार पनि सम्हाल्नुभएको छ।

सचिव सेवा लम्साल अवकाशअघि नै बेल्जियमको राजदूतमा सिफारिस भएपछि राईलाई कामु सचिवको जिम्मेवारी दिइएको थियो। लम्सालको सिफारिस संसदीय समितिबाट अनुमोदन भइ राजदूत नियुक्त भएपछि सरकारले उनलाई सचिवमा बढुवा गरेको हो।

वरिष्ठतम सहसचिव राई कामु सचिवको जिम्मेवारी पाउनुअघि मन्त्रालयका प्रवक्ता हुनुहुन्थ्यो । सन् १९९६ मा सरकारी सेवामा जोडिएका राईले संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी प्रतिनिधि भएर समेत काम गर्नुभएको थियो।