काठमाडौँ-काठमाडौंस्थित स्वर्णलक्ष्मी सहकारीको बचत अपचलन मुद्दामा प्रतिवादी बनाइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको थुनछेक बहस सुरु भएको छ।
न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा सरकारी वकिलले बहस सुरु गरेका हुन् । जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवालले जाहेरवालाहरूको तर्फबाट बहस सुरु गरेका छन्।
जाहेरवालाको तर्फबाट सरकारी वकिलले बहस सकेपछि लामिछाने तर्फका कानुन व्यवसायीले बहस गर्नेछन्। स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको रकम अपचलन गरेको कसुरमा अभियोगपत्र दायर भएपछि लामिछाने आइतबार अदालतमा हाजिर भएका हुन्।
गोरखा मिडिया नेटवर्कमा कानुन विपरीत स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाबाट ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ लगेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । रविविरुद्ध ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ बिगो मागदावी गरिएको छ ।
प्रतिक्रिया