काठमाडौं-दक्षिण कोरिया भ्रमणमा रहनु भएका भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले त्यहाँको यातायात तथा रेलसेवा विस्तार सम्वन्धिको छलफललाई संवोधन गर्नुभएको छ।
भ्रमणका क्रममा मन्त्री दाहालले कोरेल कर्पोरेशनको कार्यालयमा पुगि छलफल तथा अन्तरक्रिया गर्नुभएको हो। मन्त्री दाहाल नेतृत्वको नेपाली प्रतिनिधी मण्डलसँग त्यहाँका उच्च अधिकारीहरुले नेपालमा रेल सेवाको अध्ययन र अनुसन्धानका लागि हुने सक्ने सहकार्यका बारेमा प्रकाश पारेका थिए।

यस अघि नेपाल भ्रमणमा आएका कोरेलका अधिकारी एवम् नेपालको रेल विभाग तथा लगानी वोर्डका अधिकारीहरु विच समेत नेपालमा रेल सेवाको विकास र अध्यननका बारेमा छलफल भएको थियो। उक्त छलफल पश्चात भएका समझदारीहरुका बारेमा समेत भेटमा कुराकानी भएको भ्रमण दलका सदस्य मनोज दाहालले जानकारी दिनुभयो।
यस्तै भ्रमणका क्रममा कोरीयन एक्सप्रेस वे कर्पोरेशनका अधिकारीहरुसँग भेटमा आपसीहित र सहकार्यकार्यका बारेमा पनि छलफल भएको थियो।
यस्तै मन्त्री दाहालसँग त्यहाँ रहेको नेपाली समुदायका प्रतिनिधीहरुले पनि छलफल गरेका छन्।


प्रतिक्रिया