काठमाडौँ-राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा)का सभापति रवि लामिछानेको मुद्दामा आज पनि थुनछेक बहस हुने भएको छ । यसअघि सोमबार बहस नसकिएपछि मुद्दा अर्को दिनका लागि हेर्दाहेर्दैमा राखिएको थियो । मंगलबार सार्वजनिक बिदा भएकोले हेर्दाहेर्दैमा रहेको थुनछेक बहस आज पनि जारी रहने भएको हो।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको एकल इजलासमा लामिछानेको थुनछेक बहस भइरहेको छ। बहस नसकिएको भन्दै आइतबार र सोमबार लामिछानेलाई हिरासतमा राख्न आदेश दिइएको थियो।
मंगलबार सार्वजनिक बिदा भएकाले बहस हुन नसकेपछि लामिछानेलाई बुधबार अदालतमा उपस्थित गराउन लागिएको हो। थुनछेक बहस सम्भवतः आजै सकिने भएकाले लामिछाने पुर्पक्षका लागि थुनामा रहने कि बाहिर बसेर कानुनी लडाइ लड्ने भन्ने आज आदेश आउन सक्ने जनाइएको छ।
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा गत कात्तिक २ गते पक्राउ परेका लामिछाने ८४ दिन पछि गत बिहीबार साँझ ६५ लाख रुपैयाँ धरौटी बुझाएर पोखराबाट छुटेका थिए । त्यहाँबाट छुटे पनि शुक्रबार जिल्ला अदालत काठमाडौंमा स्वयं हाजिर हुने भनिए पनि समय अभावका कारण उनी शुक्रबार हाजिर हुन भने सकेका थिएनन् तर आइतबारदेखि अदालतमा हाजिर भएका लामिछाने काठमाडौंमा विगत तीन दिनदेखि हिरासतमा रहँदै आएका छन्।
कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थामा भएको रकम अपचलनसम्बन्धी मुद्दामा लामिछाने प्रतिवादी बनाइएकोले काठमाडौंमा पनि बयान लिइरहेको हो ।
प्रतिक्रिया