अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

पाथीभरामा बन्ने केबलकारले कुनै पनि संस्कृति र आस्थालाई कमजोर पार्दैन: योगेश भट्टराई

पाथीभरामा बन्ने केबलकारले कुनै पनि संस्कृति र आस्थालाई कमजोर पार्दैन: योगेश भट्टराई


काठमाडौं-नेकपा एमालेका सचिव एवं ताप्लेजुङका संघीय सांसद योगेश भट्टराईले प्रसिद्ध धार्मिकस्थल पाथीभरा देवी मन्दिरसम्म पुग्ने पाथीभरा देवी मुकुम्लुङ दर्शन केबलकार बन्ने केबलकारले कुनै धर्म, संस्कृति र आस्थालाई कमजोर नपार्ने बताउनु भएको छ।

ताप्लेजुङ जिल्लाको धार्मिक, सांस्कृतिक र पर्यटकीय स्थल पाथीभरामा केबलकार निर्माणबारे बुधवार काठमाडौँमा पत्रकार सम्मेलन गरेर आफ्ना धारणा राख्दै सचिव भट्टराईले त्यहाँ मुख्य मन्दिरलाई असर गर्ने गरी कुनै पनि संरचना समेत नबन्ने बताउनु भयो।

संघीय सांसद भट्टराईले भन्नुभयो, ‘केबलकार निर्माण गर्ने कम्पनीले प्रस्तुत गरेको डीपीआर र राज्यका निकायले स्वीकृत गरेका परियोजना प्रस्ताव तथा वातावरणीय मूल्यांकन प्रतिवेदनका आधारमा हेर्दा केबलकारको संरचनाले कुनै पनि धर्म, संस्कृति र आस्थालाई कमजोर पार्ने देखिदै। अहिले यसमा असहमति जनाउनु भएका साथीहरुको के भनाइ छ भने कान्छीथाम भन्दा माथिबाट केबलकारको डब्बा जाने भयो, यो आस्थामाथि समस्या भयो। त्यो सत्यता होइन।’

मुल मन्दिरभन्दा ८ सय मिटर बाहिर केबलकारको माथिल्लो स्टेशन बन्ने र त्यहाँ होटेल समेत नबन्ने सचिव भट्टराईले बताउनु भयो। ‘केबलकार माथिल्लो स्टेशन मुल मन्दिरभन्दा ८ सय मिटर बाहिर छ। यो पनि अहिले सार्वजनिक विवादमा ल्याइएको विषय हो,’ सचिव भट्टराईले भन्नुभयो, ‘केबलकारले मन्दिरको ढोकामै मान्छेहरु पुग्ने भए। त्यहाँ फोहोर हुनेभयो भन्ने खालको चर्चा मैले सुनेको छु।’ 

सचिव भट्टराईले तत्काल केबलकार निर्माणको विरोधमा भइरहेको आन्दोलन फिर्ता लिन आग्रह गर्नुभएको छ। उहाँले आग्रह गर्दै भन्नुभएको छ, ‘आन्दोलनरत पक्षलाई विरोधका कार्यक्रम फिर्ता लिन र सरकारलाई गिरफ्तार भएका व्यक्तिलाई रिहा गर्न र घाइतेहरूको प्रभाकारी उपचार गरी अविलम्ब वार्ता गर्न माग गर्दछु।’

पाथीभरको संस्कृति जगेर्नाका लागि मुकुलुङ पार्क निर्माण गर्नुपर्ने सचिव भट्टराईको माग छ। ‘पाथीभर केबलकारको निर्माण कार्यलाई निर्वाधरुपमा अघि बढाउँदै निर्माण कम्पनीले उपलब्ध गराउने सामाजिक उत्तरदायित्वको कोष र सरकारले थप बजेटको व्यवस्था गरी स्थानीय संस्कृतिको जगेर्ना र सम्बर्द्धनका लागि मुकुलुङ पार्क र संग्राहलय निर्माग गर्न माग गर्दछु,’ सचिव भट्टराईले भन्नुभयो।

सचिव भट्टराईले २५ हजार रुख काट्न लागेको भन्ने प्रचार भएको भन्दै यो पनि सत्य नभएको बताउनुभयो। ‘२५ हजार रुख खाट्ने भनेर प्रचार गरेको मैले देखेको थिएँ,’ सचिव भट्टराईले भन्नुभयो, ‘तर, मैले वन मन्त्रालयको प्रतिवेदन मगाएर हेर्दा २ हजार १ सय १२ वटा रुख काटिन्छन्। त्यसमा पनि ठूलो रुख जम्मा २ सय ७ वटा मात्रै काटिन्छन्। बाहिर जुन २५ हजार रुख काटेर वातावरतीय क्षति पुर्‍याउने भन्ने चर्चा छ, त्यो सही छैन।’