दाङ-प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ देशकै सबैभन्दा ठूला लुटेरा भएको आरोप लगाउनु भएको छ।
एमाले दाङले आज घोराहीमा गरेको जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो टिप्पणी गर्नुभएको हो। ´देशका सबैभन्दा ठुला लुटेराले भ्रष्टाचारका फाइल खोल्न खोज्दा प्रधानमन्त्रीबाट हटाइयो भनेर कुप्रचार गर्दै हिडेका छन्।` प्रधानमन्त्री ओलीले भन्नभयो,-´भ्रष्टाचारको फाइल प्रधानमन्त्रीसँग हुँदैन्। म पनि प्रधानमन्त्री छु। मसँग त छैन।’
देश अर्थतन्त्र खोक्रो माओवादीले बनाएको दावी गर्दै प्रधानमन्त्री ओलीले अर्थमन्त्र एमालेले बनाउने दाबी गर्नुभयो। माओवादी विदेशी इशारामा चल्ने गरेको दावी गर्दै प्रधानमन्त्री ओलीले भन्नभयो,´विदेशी इशारामा काम गर्ने किनारा लाग्छन् ।’







प्रतिक्रिया