काठमाडौं- उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र चलायमान हुँदै गएको बताउनुभएको छ।
आज महिला आर्थिक पत्रकार संघको अर्थतन्त्र नीति र व्यवहार कार्यक्रममा अर्थमन्त्री मन्त्री पौडेलले यस्तो बताउनु भएको हो।
अर्थमन्त्री पौडेलले सरकारले ल्याएका अध्यादेशले निजी क्षेत्रको मनोबल बढाएको बताउनुभयो। ‘अध्यादेश तीव्र गतिमा ल्याएर हामीले निजी क्षेत्रमैत्री नीति ल्याएका छौँ’, मन्त्री पौडेलले भन्नुभयो, ‘यसले निजी क्षेत्रको आत्मविश्वास बढाउन सरकार सफल भएको छ।’
देशको अर्थतन्त्र सकारात्मक बाटोतर्फ जान थालेको अर्थमन्त्री पौडेलले बताउनु भयो।
सरकारले विगत वर्षमा बाँकी रहेको निर्माण व्यवसायीहरुको भुक्तानी रीतपूर्वक आएमा सजिलै पाउने व्यवस्था गरेको अर्थमन्त्री मन्त्री पौडेलले बताउनु भयो। गत वर्षसम्मको भुक्तानी समेत दिइसकेको मन्त्री पौडेललेको भनाइ छ।
अर्थतन्त्र सुस्त हुनुमा सधैँ घरजग्गा व्यवसायी र बैंकलाई मात्र धारेहात लाउन नहुने मन्त्री पौडेलले उल्लेख गर्नुभयो। सबै मिलेर अर्थतन्त्र चलायमान बनाउनुपर्नेमा उहाँको जोड थियो।
प्रतिक्रिया