काठमाडौं-शिक्षक आन्दोलनमा झडप हुँदा पत्रकार सबिना कार्की घाइते हुनुभएको छ। आइतबार दिउँसो शिक्षक आन्दोलनको समाचार संकलनमा क्रममा प्राइम टेलिभिजनकी कार्कीको घाइते हुनुभएको हो।
घाइते हुनुभएकी पत्रकार कार्कीको अहिले तिलगंगा आँखा अस्पतालमा उपचार भइरहेको जनाएको छ। प्रहरी र शिक्षकबीचको झडपको क्रममा पत्रकार कार्कीको दुवै आँखामा गम्भिर चोट लागेको थियो। सुरुमा उहाँलाई बानेश्वरस्थित सिभिल अस्पताल लगिएको थियो। त्यहाँबाट चिकित्सकले ट्रमा सेन्टर रिफर गरेको थियो। तर, उहाँको आँखामा चोट भएपछि तिलगंगा अस्पताल लगेर उपचार भइरहेको हो।
प्रतिक्रिया