अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

नीलम ढुंगानासहित गभर्नरमा तीन जनाकाे नाम सिफारिस

नीलम ढुंगानासहित गभर्नरमा तीन जनाकाे नाम सिफारिस


काठमाडौं-गभर्नर सिफारिस समितिले नेपाल राष्ट्र बैंकको १८ औँ गभर्नरमा डा.नीलम ढुंगानासहित ३ जनाकाे नाम सिफारिस भएको छ। अर्थमन्त्री विष्णु पौडेल संयोजक रहेको समितिले मंगलबार तीन जनाको नाम सिफारिस गरेको हो।

सिफारिस समितिले राष्ट्र बैंककै कायममुकायम गभर्नर डा.नीलम ढुंगाना, अर्थविद् डा. विश्वनाथ पौडेल र पूर्वसचिव दिनेश भट्टराई रहेका छन्।

सदस्यद्वय पूर्वगभर्नर महाप्रसाद अधिकारी र अर्थविद् डा.पोषराज पाण्डेसहितको समिति बैठक अर्थ मन्त्रालयमा बसेको थियो। 

 समितिको सिफारिसका आधारमा मन्त्रिपरिषद्ले नयाँ गभर्नर नियुक्त गर्ने कानुनी व्यवस्था छ । 

चैत २४ गतेदेखि नेपाल राष्ट्र बैंकमा गभर्नर पद रिक्त छ।

समितिको सिफारिसका आधारमा मन्त्रिपरिषद्ले नयाँ गभर्नर नियुक्त गर्ने कानुनी व्यवस्था छ ।