काठमाडौँ-पत्रकार दिलभूषण पाठक काठमाडौँ जिल्ला अदालतमा उपस्थित भएका छन्। पाठकविरुद्ध २०८२ असार १६ मा विद्युतीय (इलेकट्रोनिक) कारोबार ऐन अन्तर्गतको कसूरमा साइबर ब्यूरोले मुद्दा दर्ता गरेको थियो।
पत्रकार पाठक बिहान ९ बजे अदालत पुगेका हुन् । पाठकको आज बयान हुनेछ भने बायन सकिएपछि थुनछेक बहस सुरु हुनेछ ।
साइबर ब्युरो ५९ नाममा परेको जाहेरीका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ को विद्युतीय स्वरूपमा गैर कानुनी कुरा प्रकाशन गरेको कसुरमा एक लाख जरिवाना वा पाँच वर्ष कैद वा दुवै सजायको मागदाबीसहित मुद्दा दायर गरेको हो ।


प्रतिक्रिया