काठमाडौँ-सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरु मंगलबार सार्वजनिक गरिएका छन्। सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नु भएको हो।
सरकारले जापान सरकारबाट छात्रवृत्ति परियोजनाको लागि प्राप्त हुने जापानी येन ५७२ मिलियन (करिब ५३ करोड ७६ लाख रुपियाँ) बराबरको अनुदान सहायता स्वीकार गर्ने गरेको छ । सरकारले बाफिकोट–खुंग्री १३२ केभी प्रशारण लाइन आयोजनाको लागि ३.२७८ हेक्टर जग्गा प्राप्ति गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।



प्रतिक्रिया