काठमाडौं-उदयपुरको रौतामाई गाउँपालिका वडा-५ हात्तीपाईले निवासी ३२ वर्षीय दुवै मृगौला पीडित बिक्रम सारु मगरलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ।
आज नयाँ बानेश्वर, काठमाडौंमा एक कार्यक्रमबीच नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवं प्रतिनिधि सभा सदस्य विशाल भट्टराई र नेकपा एमाले कोशी प्रदेश कमिटीका सचिवालय सदस्य, एवं उदयपुर क्षेत्र-२ का प्रतिनिधि सभा सदस्य अम्बरबहादुर रायमाझीद्वारा संयुक्त रूपमा रु.२१,३८,४५७.२४ (एकाइस लाख ३८ हजार चार सय सन्ताउन्न रूपैया मृगौला पीडित बिक्रम सारु मगरलाई चेक हस्तान्तरण गरेको हो।

मगरको पारिवारिक आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा सहयोग गर्ने उद्देश्यसाथ ‘विक्रम सारू मगरलाई बचाऔं” अभियान सञ्चालन गरेको युवा नेता तथा समाजसेवी इन्द्र लिमेल मगरले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, ‘‘विक्रम सारू मगरलाई बचाऔं’ अभियानको सुरुवात २०८२ वैशाख १२ गते शुक्रबारबाट गरिएको थियो। करिब ४५ दिनसम्म सञ्चालन भएको उक्त अभियान २०८२ जेठ २५ गते सम्पन्न भएको हो। अभियानको क्रममा ३१८ जना स्वयंसेवक तथा नेतृत्वकर्ताहरूको सक्रिय सहभागिता रह्यो भने प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा करिब ४५०-५०० जनाको योगदानबाट सो रकम संकलन गर्न सफल भएको हो। नेकपा (एमाले)का पोलिटब्युरो सदस्य एवं प्रतिनिधि सभा सदस्य विशाल भट्टराई र उदयपुर क्षेत्र-२ का सांसद माननीय अम्बर रायमाझीद्वारा संयुक्त रूपमा बिरामी बिक्रम सारु मगरलाई चेक प्रदान गरियो।’

इन्द्र मगरले आर्थिक संकलन र सहयोग गर्नुहुने महानुभावहरुलाई विशेष धन्यावाद दिनुभएको छ। मगरले विशेष धन्यावद दिनुहुँदै भन्नुभयो, ‘मगरले आर्थिक सहयोग र कलनमा योगदान पुर्याउने अभियान्ताहरूमा प्रकाश बन्जारा (मलेसिया), केदार आले मगर (कुवेत), अर्जुन मगर (कुवेत), बिश्व राना मगर (साउदी), भुवन सारु मगर (साउदी), बिदुर कार्की (काठमाडौँ), किरण सारु मगर (यूएई), प्रेम राना मगर (साउदी), उमेश बुर्जा मगर (साउदी), मनोज आले मगर (खोटाङ), नगेन्द्र आले मगर (बहराइन), मदानी खबरका सन्चालक सन्जिव राई साथै रकम हस्तान्तरण कार्यक्रममा उपस्थित सम्पुर्ण महानुभावव लगायत बिरामीका परिवारजनमा विशेष धन्यवाद दिन चाहान्छु। सबैको नाम लिन नसकेकोमा क्षमा चाहान्छु । अभियानमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा साथ सपोट दिनुहुने सबैजना मनको धनी, सहयोगदाता, समाजसेवी, संघ, सस्था आदि सबैलाई धेरै धेरै धन्यवाद अगामी दिनहरुमा पनि सेवा गर्ने मौका पाइयोस्, सहयोगको अपिक्षा राख्दै आजका दिनबाट अभियान बन्द गरेको जानकारी गराउदै अभियान समापनको मुख्य जिम्मेवारी दिनुभएकोमा धेरै धेरै धन्यवाद। आगामी दिनहरुमा तपाईंहरुको साथको आपेक्षा राख्दै बिरामी बिक्रम सारु मगरज्यु लाई सिघ्र स्वस्थ्य लाभको कामना।’

धर्मभक्तमाथेमा राष्ट्रिय मृगौला प्रत्यरोपण केन्द्र भक्तपुरमा उपचार गरिरहेको विरामी विक्रम सारु मगरले बताउनुभयो। २०८१ भदौमा बीपी कोइराला विज्ञान प्रतिस्ठान घोपामा एक महीना भर्ना पछि स्वास्थ्य परीक्षण गराउँदा डाक्टरले दुबै मृगौलाले काम नगर्ने भनेपछि थप उपचारका निम्ति काठमाडौं आएको मगरले बताउनुभयो।
यतिखेर मगरको स्वास्थ्यमा समस्या बढ्दै गएको छ। साहुबाट लिएको ऋण उपचार गर्दागर्दै सकिएको आर्थिक सहयोग माग्नु परेको विरामी मगरले बताउनु भयो ।
हप्तामा दुई पटक मृगौलाको ‘डाइलासिस’ गर्नुपर्ने विरामी मगरले बताउनु भयो। उहाँले भन्नुभयो, ‘एक पटक डाइलासिस गर्न मात्र ३ देखि ५ हजार खर्च लाग्छ। उपचार गर्दागर्दै धेरै ऋण लागिसेको छ। अहिले त्यतिकै खर्च लाग्दैछ। मृगौला प्रत्यारोपण गर्न पनि धेरै खर्च लाग्ने रहेछ। अब कसरी उपचार गर्ने भन्ने चिन्तामा थिएँ, तर मेरो लागि मनका धनी महानुभावहरुले आर्थिक सहयोग गर्नुभएकोमा विशेष धन्यवाद दिन चाहान्छु। आर्थिक अवस्था पनि निकै कमजोर छ। त्यसैले अरुसँग सहयोग माग्नु परेको हो। यसरी सहयोग जुट्दै गयो भने उपचार गर्न सकिन्छ भन्ने आशा लागेको छ।’
मृगौला ७० वर्षे बुवाले दिनुहुने मगरले बताउनुभयो। उहाँले भन्नुभयो, ‘डाक्टरले सकेसम्म मृगौला प्रत्यारोपणको गर्नका निम्ति चाडो गर्नु भएको छ। एउटा मृगौला ७० वर्षे बुवाले दिनुहुने भएको छ। बुवाको सबै चेकजाँज भइसकेको छ।’
प्रतिक्रिया