काठमाडौं-नेकपा (माओवादी केन्द्र) का सांसद एवं पूर्व अर्थमन्त्री वर्षमान पुनले सुनचाँदी, रत्न आभूषण व्यवसायीहरूको मर्काबारे अध्ययन गर्न उपसमिति बनाउन माग गर्नुभएको छ।
सोमवार सिंहदरबारमा बसेको अर्थ समितिको बैठकमा बोल्दै पूर्व अर्थमन्त्री पुनले यस्तो माग गर्नुभएको हो। उहाँले अनौपचारिक रूपमा भइरहेको सुनचाँदी कारोबारलाई नियन्त्रण गर्नुपर्ने बताउनुभयो। उनीहरूलाई करको दायरामा ल्याउनुपर्ने बताउनुभयो। सम्पत्ति शुद्धीकरण गर्ने कुरा नराम्रो भएको बताउनु भयो।
नेपालको सुनचाँदी व्यवसायीहरू मर्कामा परेको बताउँदै सुनचाँदीमा भएको करका दर हेरफेर अव्यवहारिक हुँदा समस्या आएको जिकिर गर्नुभयो। अवैध कारोबार रोक्नको लागि करका दरहरूलाई पनि छिमेकी बजारसँग मिलाएर लैजानुपर्ने बताउनु भयो।
प्रतिक्रिया