अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जन्म दिनको शुभकामना दिंदै विष्णु पौडेललाई भावनात्मक रूपमा आफूतर्फ तान्ने ईश्वर पोखरेलको रणनीति

जन्म दिनको शुभकामना दिंदै विष्णु पौडेललाई भावनात्मक रूपमा आफूतर्फ तान्ने ईश्वर पोखरेलको रणनीति


काठमाडौं-नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले उपाध्यक्ष विष्णु पौडेललाई जन्मदिनको शुभकामना दिनुभएको छ। नेता पोखरेलले उपाध्यक्ष पौडेललाई जन्मदिनको शुभकामना दिँदै आज सामाजिक सञ्जाल फेसबुकमा पूरानो तस्विर साझा गर्नुभएको छ।

जन्मदिनको शुभकामना दिँदै नेता पोखरेलले भन्नुभएको छ, ‘प्रिय विष्णु पौडेल कमरेड ! जन्म दिवसका अवसरमा हार्दिक शुभकामना ! जोखिम, प्रतिकूलता र दु:खका दिनमा हामी संगै रहेको क्षण याद दिलाउने तस्वीरमा हामी दुई !”

यसै सन्दर्भमा, नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेश यही मंसिर २७-२९ गतेसम्म काठमाडौंमा हुँदैछ। नेता पोखरेलले एमालेको एघारौँ महाधिवेशनमा अध्यक्षको उम्मेदवारी दिने घोाषणा गरिसक्नुभएको छ। त्यसैले उपाध्यक्ष विष्णु पौडेललाई जन्मदिनको शुभकामना दिँदै भावनात्मक रूपमा आफूतर्फ आकर्षण गर्ने प्रयास गरेको घाम जस्तै छर्लङ्ग देखिन्छ। किनकी महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीलाई टक्कर दिन नेता पोखरेलले उपाध्यक्ष पौडेललाई आफूतिर तान्ने रणनीति अपनाएको स्पष्ट देखिन्छ।

नेता पोखरेललाई पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको साथ देखिन्छ। तर, पोखरेल समूहले पौडेललाई पनि आफ्नो समूहमा तान्न प्रयास गरिरहेको छ। पौडेल अहिले कतै नखुलेको बताइन्छ।

Skip This