अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

राष्ट्रको मिसन कोभिड १९ बनाऔंः योगेश भट्टराई

राष्ट्रको मिसन कोभिड १९ बनाऔंः योगेश भट्टराई


काठमाडौं– नेकपा एमालेका नेता योगेश भट्टराईले राजनीतिक विमतिहरुलाई थाँती राखेर राष्ट्रको मिसन कोभिड १९ बनाउनुपर्ने बताउनुभएको छ ।

कोभिडविरुद्धको लडाइँमा राष्ट्रिय सहमतिका साथ ठोस योजना सहित काम गर्न आह्वान गर्दै बिहीबार बिहान उहाँले फेसबुकमा लेख्नुभएको छ, ‘२०७२ को महाभूकम्पपछि जसरी राजनीतिक बिमतीहरुलाई थाती रखेर सरकार र राजनीतिक नेतृत्वले सहमतिमा काम गर्‍यो, एमाले, माओवादी र नेकाका बीचमा १६ बुँदे सहमति गरी संविधान निर्माण गर्ने जोखिमपूर्ण काम सम्पन्न भयो । त्यसरी नै कोभिड विरुद्धको लडाइँमा फेरि एक पटक राष्ट्रिय सहमतिकासाथ ठोस योजनामा सबैले काम गर्नु पर्दछ। राष्ट्रको मिसन कोभिड १९ लाई बनाउनु पर्दछ ।’

भट्टराईले सम्पूर्ण जनशक्तिलाई कोभिड विरुद्धको लडाइँमा केन्द्रित गर्ने र छिटो प्रकृयाबाट थप जनशक्ति भर्ना गर्ने काम सुरु गर्नुपर्ने बताउनुभयो । उहाँले आर्थिक अभाव हुन नदिन अन्य शीर्षकबाट बजेट कोभिड केन्द्रित गर्नुपर्नेमा जोड दिनुभएको छ ।