अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

काठमाडौं प्रशासनको आग्रह : सभा सम्मेलन र जुलुस नगर्नुहोला

काठमाडौं प्रशासनको आग्रह : सभा सम्मेलन र जुलुस नगर्नुहोला


काठमाडौं– जिल्ला प्रशासन कार्यालय काठमाडौंले पछिल्लो समय भिडभाडजन्य क्रियाकलाप बढेको भन्दै यस्ता गतिविधि अनुरोध गरेको छ ।

प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले एक सूचना जारी गर्दै कोरोना संक्रमणको उच्च जोखिम रहेका बेला पनि विभिन्न सभा, सम्मेलन, धर्ना, जुलुस, गोष्ठी, र्‍यालीजस्ता गतिविधि भइरहेको भन्दै यसले संक्रमणदर अझैं बढ्ने बताउनुभएको छ ।

यस्ता गतिविधिले कोरोना संक्रमण दर अझ उच्च हुन गई तेस्रो लहर आउन सक्ने सम्भावना देखिएकाले स्वास्थ्य मापदण्ड विपरीत यस्ता गतिविधि नगर्न प्रजिअ पराजुलीले बताउनुभयो ।

प्रशासनद्वारा जारी सूचना भनिएको छ, ‘जारी निषेधाज्ञा र स्वास्थ्य मापदण्डको उल्लंघन गरी गतिविधि गरे/गराइएको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही हुने व्यहोरो सूचित गरिन्छ ।’