अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

माधव नेपाल समूहको बैठक आज पनि

माधव नेपाल समूहको बैठक आज पनि


 

काठमाडौं– बिहीबारदेखि सुरु भएको नेकपा एमाले माधवुकमार नेपाल समूहको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै छ।

बुद्धनगरस्थित क्वालिटी ब्यांक्वेटमा बिहान ११ बजेपछि दोस्रो दिनको बैठक सुरु हुने छ। पार्टी एकता, सरकारमा सहभागिता लगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।

बिहीबारको बैठकमा सामेल केही केन्द्रीय सदस्यहरुले पछिल्लो राजनीतिक घटनाक्रम र पार्टीको आन्तरिक विवादबारे आ–आफ्नो धारणा राखेका थिए।

बिहीबार धारणा राखेका केहीले तत्काल सरकारमा जानु पर्नेमा जोड दिएका थिए भने केहीले पार्टी एकतामा पहल गर्न नेपाललाई आग्रह गर्दै एकताको सम्भावना रहेसम्म सरकारमा जान नहुने सुझाएका थिए।