अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

‘सुन कि पित्तल’ भन्ने नछुटिएसम्म संसद चल्न सक्दैन : सुवासचन्द्र नेम्वाङ

‘सुन कि पित्तल’ भन्ने नछुटिएसम्म संसद चल्न सक्दैन : सुवासचन्द्र नेम्वाङ


काठमाडौं -नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले पुशपतिनाथमा राखिएको जलप सुन कि पित्तल निक्र्यौल नगरेसम्म एमालेले सदन सञ्चालन हुन नदिने बताउनुभएको छ ।
एमालेले संसद बैठक अवरोध गरेको विषयमा संसदमा बोल्दै नेम्वाङले आफैं सरकारमा भएको बेला भ्रष्टाचारको छानविन गर्नुपर्ने,प्रतिपक्षले उठाएको सवालको जवाफ दिनु पर्नेमा उल्टै प्रतिपक्षीलाई लाञ्छना लगाउनु गैह्र जिम्मवारीपूर्ण काम भएको उहाँले बताउनुभयो । ‘पशुपतिमा सुनको होइन पित्तलको जलाहारी राखिएको छ भनेर तत्कालिन प्रधानमन्त्री,प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीलाई लगाएको आरोप निक्र्यौल नगरी सदन अगाडी बढ्न सक्दैन’ नेम्वाङले भन्नुभयो ‘सरकारले छानविन गरोस । सही भए कारबाही गरोस होइन भने यो आरोप लगाउने माननीयले माफी माग्नु पर्दछ र संसदको रेकर्डबाट हटाइयोस ।’