अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ग्रीन लाइफको आईपीओ बाँडफाँड

ग्रीन लाइफको आईपीओ बाँडफाँड


काठमाडौं- ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । गोलाप्रथामार्फत आज ३ लाख २५ हजार १ सय ६५ जना सर्वसाधारण लगानीकर्ताले १० कित्ताका दरले सेयर हात पारेका छन् ।

बाँकी रहेको २ कित्ता सेयर भने २० वा सोभन्दा बढी कित्ताका लागि आवेदन दिनेमध्ये २ जनालाई १/१ कित्ताका दरले थप गरिएको छ । कुल १३ लाख २२ हजार ९ सय ७१ जनाले आवेदन दिएकोमा ३ हजार ९ सय १२ जनाको आवेदन रद्द भएको छ । १३ लाख १९ हजार ५९ जना योग्य आवेदकलाई गोलाप्रथामा सहभागी गराइएको बिक्री प्रबन्धक बीओके क्यापिटलले जनाएको छ ।

ग्रीनलाइफले कुल ३४ लाख ९६ हजार ४ सय कित्तामध्ये ६९ हजार ९ सय २८ कित्ता कम्पनीका कर्मचारी र १ लाख ७४ हजार ८ सय २० कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको सेयर सर्वसाधारणलाई बिक्री गरेको थियो ।

ग्रीनलाइफले सर्वसाधारणका लागि माघ २३ देखि २७ गतेसम्म बिक्री गरेको ३२ लाख ५१ हजार ६ सय ५२ कित्ता आईपीओ बाँडफाँट गरेको हो ।