काठमाडौं-नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा एक हजार १०० रुपैयाँले घटेको हो।
महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ६९ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार सुन प्रतितोला दुई लाख ७० हजार २०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। चाँदी प्रतितोला ८० रुपैयाँले घटेर तीन हजार ५२० रुपैयाँ कायम भएको छ । आइतबार चाँदी प्रतितोला तीन हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।
महासंघका अनुसार आज १० ग्राम सुनको मूल्य दुई लाख ३० हजार ७१० रुपैयाँ र चाँदीको मूल्य तीन हजार १८ रुपैयाँ कायम भएको छ । पछिल्लो केही दिनमा सुनको मूल्य घटेर कारोबार हुँदै आएको छ ।



प्रतिक्रिया