अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मेलम्ची खानेपानी आयोजनाको सुरुङ परीक्षण सफल

मेलम्ची खानेपानी आयोजनाको सुरुङ परीक्षण सफल


काठमाडौं- मेलम्ची खानेपानी आयोजनाको सुरुङको सफल परीक्षण भएको छ । सोमबार साढे २६ किलोमिटर सुरुङमा सोमबार पानी भरेर परीक्षण गरिएको हो । मुहानस्थित अस्थायी ड्यामबाट पठाएको पानी २ सय ७० मिटर पार भएको छ ।

यसअघि ३ चैत्र २०७६ मेलम्ची खानेपानी आयोजनाको मुहानस्थित मुख्य सुरुङमा पानी हालेर परीक्षण गरिएको थियो । त्यतिबेला आयोजनाको मुहानस्थित ुहेड वर्क्सुबाट अम्बाथान अडिटसम्मको एक किलोमिटर सुरुङमा पानी पठाएर पहिलो परीक्षण गरिएको हो ।

खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी विकास समितिले आवश्यक सम्पूर्ण प्राविधिक काम पूरा गरेसँगै पानी हालेर दोस्रो परीक्षण गरिएको हो । खानेपानी आयोजनाको सुरुङ परीक्षणको क्रममा खानेपानीमन्त्री मणि थापा र युवा तथा खेलकुदमन्त्री दावा तामाङले स्वीच दबाएर पानी पठाएको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिनुभयो ।

गत असारमै सुरुङमा पानी भनेर परीक्षण गरिएको थियो तर हेलुम्बु गाउँपालिका-१ स्थित अम्बाथानको अडिटको मुख्य गेट ९नं १७० फुटेर निस्केको पानीले आयोजनाका एक इन्जिनीयर र चालकलाई बगाएको थियो ।