अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जब श्रीमतीहरू श्रीमान् बोकेर गुटुटु दौडिए… (भिडियोसहित)

जब श्रीमतीहरू श्रीमान् बोकेर गुटुटु दौडिए… (भिडियोसहित)


तनहुँ- आज अन्तराष्ट्रिय नारी दिवस । देशैभरी यो दिवसमा धेरैले महिला शसक्तिकरणका भाषण सुने । सुनाए । कतिपय सम्मानित भए । कतिपयले रक्तदान गरे । यस्ता कार्यक्रम वर्षौंदेखि भइरहेका छन् । तर तनहुँको देवघाट गाउँपालिकामा नारी दिवसको अवसरमा एउटा अचम्मको कार्यक्रम भयो । कार्यक्रमको नाम थियो । श्रीमान् बोकेर दौड्ने ।

देवघाट गाउँपालिकाले श्रीमान् बोकेर श्रीमतीले दौड्नु पर्ने कार्यक्रम आयोजना गरेको हो । केही दिनअघि नै पालिकाले सूचना जारी गरेर प्रतियोगितामा भाग लिन चाहने महिलाहरुले श्रीमान लिएर कार्यक्रम स्थलमा आउन भनेको थियो । त्यसैअनुसार १४ जना महिलाले श्रीमानलाई लिएर वडा नं १ को कालिका माविमा आएको पालिकाका अध्यक्ष दुर्गाबहादुर थापाले नेपाली बहसलाई जानकारी दिनुभयो ।

प्रतियोगितामा सहभागी महिलाहरूले केही दिन अघिदेखि नै श्रीमानलाई पिठ्यूंमा बोकेर दौडने अभ्यास पनि गरेकाथिए ।

‘१४ जोडी श्रीमानहरू श्रीमतीको पिठ्ंयूमा चढेको देखियो दर्शकहरुले ताली र सिटी बजाएर कम्ता हुटिङ गरेनन् ’ एक दर्शकले भने, ‘श्रीमानलाई बोकेर श्रीमतीहरू गुटुटु कुदेको देख्दा रमाइलो पनि लाग्यो ।’

श्रीमानलाई बोकेर दौडदा श्रीमतीहरू गल्लान् भनेर आयोजकले पार गर्नुपर्ने दूरी चाँहि जम्मा १ सय मिटर मात्र राखेको थियो । श्रीमान पदमलाई बोकेर १ सय मिटर दूरी पार गर्न करिब २५ वर्षकी बिष्णु अधिकारीले दुई मिनेट लगाउनुभयो । यो जोडी दौडमा प्रथम भयो ।

त्यस्तै, करिब ६५ वर्षकी गंगा गुरुङले श्रीमान् नविन गुरुङलाई बोकेर दोस्रो हुनु भएको अध्यक्ष थापाले जानकारी दिनुभयो ।

नारी दिवसको दिन विभिन्न खेल प्रतियोगितासमेत आयोजना गरिएको र यसैक्रममा दर्शकलाई रमाइलो गराउनका लागि श्रीमान बोक्ने प्रतियोगिता आयोजना गरिएको अध्यक्ष थापाले बताउनुभयो ।