काठमाडौं- देशका केही भूभागमा आज वर्षा र हिमपातको सम्भावना छ । कोसी र गण्डकी प्रदेशका केही स्थानमा वर्षा र हिमपातको पूर्वानुमान रहेको छ ।
नेपाल मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
कोसी प्रदेशको हिमाली र पहाडी भूभाग तथा गण्डकी प्रदेशको हिमाली क्षेत्रको एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
विभागले राति कोसी, वाग्मती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागमा तथा लुम्बिनी प्रदेशको हिमाली भूभागमा आंशिक बादल लाग्ने बताएको छ । बाँकी भूभागमा मौसम सफा रहनेछ ।
तराई भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु र कुहिरो लाग्नेछ । कोसी र गण्डकी प्रदेशको हिमाली क्षेत्रको एकदुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना छ ।
विभागका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।



प्रतिक्रिया