अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आजको मौसमः मेघ गर्जन र चट्याङसहित वर्षा हुने सम्भावना

आजको मौसमः मेघ गर्जन र चट्याङसहित वर्षा हुने सम्भावना


मौसम पूर्वानुमान महाशाखाले आज मुलुकका केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेको जनाएको छ । महाशाखाका अनुसार गण्डकी, बाग्मती तथा प्रदेश १ का पहाडी भू–भागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा हुने सम्भावना छ ।

हाल पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागको मौसम सामान्यतया सफा रहेको जानकारी दिँदै महाशाखाले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।

बुधबार अपराह्नपश्चात देशका पहाडी भू–भागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।