अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले महासचिव ईश्वर पोखरेलसँग विशेष अन्तर्वार्ताः

‘एमालेको नयाँ निर्णय बाधा अड्काउ फुकाउनका लागि’

‘एमालेको नयाँ निर्णय बाधा अड्काउ फुकाउनका लागि’


२८ फागुन, शुक्रबार नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकले पार्टी अध्यक्ष तथा महासचिवबाहेकका सबै पदाधिकारी पद खारेज गर्ने निर्णय गरेको छ । यो निर्णयप्रति माधवकुमार नेपाल पक्ष भने असन्तुष्ट छ । माधव पक्षको सहभागिताबिना जिम्मेवारी बाँडफाँड गर्दा एमालेमा विवाद बढ्ने देखिएको छ । यसैबीच एमालेमा देखिएको विवाद कसरी साम्य पार्न सकिन्छ भन्ने सन्दर्भमा पार्टी महासचिव ईश्वर पोखरेलसँग नेपाली बहसका प्रधान सम्पादक चेतन अधिकारीले कुराकानी गर्नुभएको छः

आज नेकपा (एमाले)ले अध्यक्ष र महासचिव बाहेकका सबै पदाधिकारीको पद किन खारेज गरिएको हो ?
हालको केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक कमिटी बनाउने, महाधिवेशन नगर्ने भन्ने पहिलेकै निर्णय हो । मंसिर २ देखि ६ गतेसम्म १० औँ महाधिवेशन गर्ने भन्ने प्रस्ताव हो । केन्द्रीय कमिटीको बैठक चैत सात गते हुन्छ । विधान संशोधनको व्यवस्था छ । त्यो बाधा अड्काउ फुकाउ मात्र हो ।

त्यो बाधा अड्काउ फुकाउका लागि निश्चित विधानका प्रावधानहरूलाई बाधा अड्काउ फुकाउने गरी गरिएको छ । त्यो भनेको आयोजक कमिटी बनाउने । त्यो आयोजक कमिटीमा अध्यक्ष महासचिव त रहने भए आवश्यकताअनुसार अन्य पदाधिकारी पनि राख्न सकिने भन्ने खालको कुरा हो । आयोजक कमिटी औपचारिक घोषणा भइसककेको छैन । तर बनाउने भन्ने विधानमा संशोधन गरिएको छ ।

एमाले माओवादी एकताका बेला खोसिएको महासचिव पद तपाईंले फेरि प्राप्त गर्नुभएको छ । के अब तपाईंलाई एमालेको भावी नेतृत्वको रूपमा हेर्न थालिएको हो ?
मलाई यसमा धेरै भन्नु छैन । त्यो कुरा मेरो विगतको इतिहास, पार्टीप्रति निर्वाह गरेको भूमिका, वर्तमानमा मैले उठाएका विषय र मेरो भूमिकालाई आम नेताकार्यकर्ताले मूल्यांकन गर्ने कुरा हो ।

तपाईं सुरुदेखि नै पार्टी एकताको विपक्षमा मत राख्नुहुन्थ्यो । यो विषयमा अब चाहिँ तपाईंको मत के छ ?
आम कार्यकर्ताको चाहना, पार्टीको आवश्यकताको आधारमा पार्टी एकता हो । तर, मैले सुरुदेखि नै भन्दै आएको कुरा के हो भने एकता गर्दा केही राँटाहरू छोडिएका छन् । जस्तैः एकता चाहिँ कतिपय अवस्थामा परिपक्व नबनिकन विचारलाई व्यवस्थित गर्ने, संगठनलाई व्यवस्थित गर्ने, नेतृत्वलाई व्यवस्थित गर्ने भन्ने कुराको स्पष्ट योजनाबिना त्यो एकता भएको कारणले परिणाम यस्तो भएको हो । लिडरसिपमा बसेका विभिन्न सेक्टरहरूको आग्रहबाट प्रेरित भए । जस कारणले पार्टी एकता निष्कर्षमा पुग्न सकेन । त्यो आग्रह कुन–कुन स्वरूपमा प्रकट भयो त्यो आफ्नो ठाउँमा छ । तर देश र पार्टीगत स्वार्थभन्दा आग्रह हावी भयो । त्यो आग्रह समूहगत रूपमा हावी भयो । जसकारण एकतालाई समेत अफ्ठेरो पर्‍यो । जे होस् अदालतको फैसलाले अहिले एउटा स्थिति आएको छ । अब यसलाई टेकेर आन्दोलनलाई नयाँ उचाइ प्रदान गर्ने, पार्टीलाई नयाँ ढंगले अगाडि बढाउने काममा लाग्नुपर्ने जरुरी हुन्छ ।

पार्टी अध्यक्ष, प्रधानमन्त्रीलाई साधारण सदस्यताबाट समेत निश्कासन गर्ने निर्णय त सुनाइसकेको हो नि । त्यो हेरेर आजको निर्णय के तरंगित गर्ने खालको छ र ? अहिले त कसैलाई हटाएको होइन । चैत ७ गतेको बैठकमा अनिवार्य उपस्थितिका लागि म निम्ता गर्छु । त्यसकारण कसैलाई निश्कासन त गरेको छैन । उहाँहरूले त हिजो साधारण सदस्य समेत नरहने गरी भनेर हटाएको होइन ? संसदीय दलको नेता, उपनेताबाट हटाएको हैन ?

आज तपाईंहरूले गरेको निर्णयले एमालेमा झन् धेरै विवाद बढ्ला जस्तो देखिन्छ नि ?
हाम्रो पार्टीमा विवाद त के बाँकी रह्यो र ? पार्टी अध्यक्ष, प्रधानमन्त्रीलाई साधारण सदस्यताबाट समेत निश्कासन गर्ने निर्णय त सुनाइसकेको हो नि । त्यो हेरेर आजको निर्णय के तरंगित गर्ने खालको छ र ? अहिले त कसैलाई हटाएको होइन । चैत ७ गतेको बैठकमा अनिवार्य उपस्थितिका लागि म निम्ता गर्छु । त्यसकारण कसैलाई निश्कासन त गरेको छैन । उहाँहरूले त हिजो साधारण सदस्य समेत नरहने गरी भनेर हटाएको होइन ? संसदीय दलको नेता, उपनेताबाट हटाएको हैन ? जुन एउटा गलत तरिका अपनाइयो, पार्टीले आफैँ कमजोर बनाएर खासगरी विरोधीहरूलाई सघाउने हिसाबले काम गरियो । त्यो अक्षम्य छ नि । यतिबला विगतमा भएका गल्तीकमजोरी सच्याएर अघि बढ्नु पर्ने आत्माआलोचित हुन पर्ने आवश्यकता छ । रणनीतिक योजना बनाएर अदालतको फैसलापछि पार्टी त अलग अलग गरियो । पार्टी अलग अलग भइसकेपछि अब के गर्ने भन्दा जो–जो जहाँ–जहाँ छौं त्यहीँ ठाउँबाट कमजोर बनाउने, हमलालाई नयाँ शिराबाट पुनसंगठित गर्ने खालको रणनीति हो भनेर बुझ्नु पर्दछ ।

पार्टीभित्रको आन्तरिक विवाद तीव्र भएका कारण एमालेका आमकार्यकर्ता धेरै चिन्तित छन् । यस्तो बेला कार्यकर्ताको मनोबल बढाउने गरी महासचिवको सन्देश के छ ?
मेरो सन्देश के छ भने हाम्रो राजनीतिक जीवनमा जुन किसिमको घटना भए यसबाट गम्भीर शिक्षा लिएर आन्दोलनलाई नयाँ ढांगले उठाउनु पर्ने, पार्टीलाई नयाँ ढंगले अघि बढाउनु पर्ने आवश्यकता छ । हामी त्यो काममा जुटौँ । विगतमा विभिन्न ढंगले आफ्ना गल्ती कमजोरीहरू भएका छन् भने पनि आत्मसमक्षीक भएर अघि बढ्नु पर्दछ । वास्तवमा मानिसहरूबाट नै कमजोरी गल्ती हुन्छन् । ती गल्तीलाई सच्याएर अगाडि बढ्नुपर्छ । त्यो नै हामी सबैको लागि कल्याण हो । त्यसकारणले हिजो जुन खालको एउटा कुरा भयो विरोधीहरूलाई हँसाउने र हामी आफैँलाई कमजोर बनाउने कुरा भयो । जब कि त्यस्तो नहुनु पर्दथ्यो । विगतका कमीमजोरीलाई सच्याएर आत्मसमीक्षक भएर अगाडि बढ्नुपर्छ । आन्दोलन पार्टीलाई नयाँ ढंगले अगाडि बढाउनुपर्छ भन्ने आवश्यकता छ ।

यो पनि पढ्नुहोस्