अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

‘अब त अचाक्ली भो’

‘अब त अचाक्ली भो’


आज खासै सन्दर्भ भएर केही होइन । तर एउटा बदलिंदो परिस्थितिको सन्दर्भमा भेटघाट भइनरहेको, विचारहरु आदान प्रदान नभएको स्थितिमा, संसद पनि ठीक ढंगले चलिनरहेको स्थितिमा भेटघाट गरौं, हल्का जलपान–चियापान गरौं भनेर यस कार्यक्रमको अयोजना गरिएको हो । यसमा सबै नेता, मन्त्री माननीयज्यूहरलाई स्वागत गर्न चाहन्छु । सञ्चारकर्मी भाइबहिनीहरुलाई पनि स्वागत छ । तपाईंहरु पनि सहभागी हुनुभएको छ ।

म धेरै केही भन्न गइरहेको छैन । एउटा नयाँ परिस्थिति उत्पन्न भएको छ, एकता र एकीकरण प्रक्रिया अगाडि बढाएका थियौं । केही मान्छेहरु राष्ट्रिय राजनीति नै बिथोलेर, हुँडलेर एकता र एकीकरण अगाडि जान नदिएर असहज स्थितिमा पुर्‍याउन लागेकाले अहिले एकीकृत पार्टी आफ्नो आफ्नो ठाउँमा आउनुपर्ने अवस्था भयो । प्रतिनिधि सभा विघटन गर्नुपर्ने अवस्था स्थिति सिर्जना भयो ।

कार्यसूची बदलेर, मन्त्रीलाई चुप लाग्नु भनेर सभामुखज्यूले बैठक केही समयलाई स्थगित गरेर अर्को दिनलाई सार्नुभयो । संवैधानिक दायित्वबाट पनि सरकारलाई बलजफ्ती बन्चित गरियो । संविधान कार्यान्वयनको लागि सभामुखको प्रतिबद्धता, कर्तव्य हुनुपर्ने थियो, त्यसभन्दा पर भिन्न प्रकारका सेटिङबाट हुन नदिनु दुखद हो ।

अदालतले फेरि पुनःस्थापना गरेपछि अब विघटनको औचित्य पुष्टि हुने सिलसिलातिर गएको छ । औचित्य के थियो भन्ने पुष्टि हुन गइरहेको छ । मुद्दा लडेर फिर्ता ल्याएको संसद आफैँ चल्न नदिने, अबरुद्ध गर्ने, वेलमा गएर नाराबाजी लगाउने प्रकारको स्थिति बनेको छ । अध्यादेशहरु अधिवेशन सुरु भएको पहिलो बैठकमा नै प्रस्तुत गर्नुपर्छ, त्यो पनि सरकारलाई प्रस्तुत गर्न दिइएन । संविधान कार्यान्वयन गर्न व्यवधान गरियो । कार्यसूची बदलेर, मन्त्रीलाई चुप लाग्नु भनेर सभामुखज्यूले बैठक केही समयलाई स्थगित गरेर अर्को दिनलाई सार्नुभयो । संवैधानिक दायित्वबाट पनि सरकारलाई बलजफ्ती बन्चित गरियो । संविधान कार्यान्वयनको लागि सभामुखको प्रतिबद्धता, कर्तव्य हुनुपर्ने थियो, त्यसभन्दा पर भिन्न प्रकारका सेटिङबाट हुन नदिनु दुखद हो ।

पार्टीहरु फुटाइएको थियो । अध्यक्ष, महासचिव, संसदीय दलको नेता, उपनेतालाई बाटोबाटोबाटै हटाइएको थियो । बाटोबाटैबाट साधारण सदस्यबाट निश्कासन गर्ने फर्मान जारी गरिएको थियो । विधि पद्धतिबाट होइन, मलाई त साधारण सदस्यबाट पनि बाटोबाटैबाट हटाइएको थियो ।

एसिड पीडितका लागि कानून, बलात्कारविरुद्धको कडा कानून ल्याउन धेरै ढिला हुँदा तुरुन्त अत्यावश्यक अध्यादेश ल्याइएको थियो । तर, त्यो पनि पेस गर्न दिइएन । संसदलाई कति कामकाजी बनाउन खोजिरहेको छ प्रष्ट भएको छ । संसदलाई निष्प्रभावी बनाउने प्रयास भएको छ । देश र जनताको हितका लागि काम गर्ने थलो बनाऊँ । संसदलाई स्वार्थको खिचातानीको थलो होइन, संसदलाई देश र जनताको हितका निम्ति काम गर्ने थलो, विकासका बारेमा छलफल गर्ने थलो बनाउँ । सामाजिक न्याय र संवादका लागि काम गर्ने, जनताका मागहरुलाई छलफल गर्ने थलो बनाउने हाम्रो प्रयास छ । तर, त्यसो गर्न दिइएको छैन ।

पार्टीहरु फुटाइएको थियो । अध्यक्ष, महासचिव, संसदीय दलको नेता, उपनेतालाई बाटोबाटोबाटै हटाइएको थियो । बाटोबाटैबाट साधारण सदस्यबाट निश्कासन गर्ने फर्मान जारी गरिएको थियो । विधि पद्धतिबाट होइन, मलाई त साधारण सदस्यबाट पनि बाटोबाटैबाट हटाइएको थियो । जंगलको राज चलाउने, तर विधि पद्धतिको कुरा गर्ने, अहंकार र स्वेच्छारिताको कुरा गरिएको थियो ।

पार्टी अब २०७५ जेठ ३ गते अगाडिको अवस्थामा फर्किएको छ । त्यसपछि पनि केही मानिसहरु छुट्टै बैठक भेला गरिरहेका छन् । निहुँ खोजिरहेका छन् । ७ गते पार्टीले केन्द्रीय कमिटी बैठक बोलाएको छ । तर, भोलि राष्ट्रिय भेला बोलाउने, प्रतिवेदन बनाउने, समानान्तर कमिटी बनाउने सुनेको छु । कसैले अरु पार्टी बनाउला, त्यसलाई के गर्न सकिन्छ र ? तर एउटै पार्टीमा बसेर, अराजकता उच्छृंखलता, विधि विधान एकताविरोधी कामलाई छुट हुँदैन, सहेर बसिँदैन । अचाक्ली भयो । पार्टीलाई पार्टीको रुपमा बचाउने । भाँडभैलो मच्चाउने । विचारमा केन्द्रित भएर काम गर्नुपर्छ । अनुशासहीन भयो भने पार्टीको विधान, दलसम्बन्धि कानुन छ । यी सबै कुरातिर ध्यान दिन आग्रह गर्दछु । एर्नाकिजम होइन, सभ्य समाज, सही एकताबद्ध गतिशील पार्टी चाहिन्छ । मनपरी गर्दै हिड्न छुट दिइँदैन । कानूनका नजरमा सबै समान छन् ।

नेकपा एमालेसँग आबद्ध नेता कार्यकर्तालाई भोलिको भेला नगर्न, सहभागी नहुन सजग र सचेत गराउन चाहन्छु । एकताको पक्षमा उभिन, गुटगत भेला नगर्न आग्रह गर्दछु ।

एउटै पार्टीमा बसेर, अराजकता उच्छृंखलता, विधि विधान एकताविरोधी कामलाई छुट हुँदैन, सहेर बसिँदैन । अचाक्ली भयो । पार्टीलाई पार्टीको रुपमा बचाउने । भाँडभैलो मच्चाउने । विचारमा केन्द्रित भएर काम गर्नुपर्छ । अनुशासहीन भयो भने पार्टीको विधान, दलसम्बन्धि कानुन छ ।

अपराध भए पनि फराकिलो हृदय लिएका छौं । लिन्छौं पनि । अपराध गर्नेहरुलाई स्वागत त होइन, स्वीकार्छौं । उही गन्धा, उही सिलसिला चाहिँ अब चल्दैन । तमासा बनाउने, जगहँसाइ गर्ने, सञ्चारमाध्यमलाई बिजनेस दिने कुरा हुन सक्दैन ।

आज (चियापानमा) एकथरी अनुहारका साथीहरु देखिनुभएन । बैठक बसेर पार्टीको चियानपानमा नजाने निर्णय गरेको सुनेँ । पार्टीका अध्यक्ष, प्रधानमन्त्रीले बोलाएको चियापानमा नजाने । तर, कसको निम्ता पाए चाँही जानुहुन्थ्यो ? कसकोमा जानुहुन्थ्यो त्यो पनि थाहा छ, तर अहिले नभनौं । यो राम्रो लक्षण होइन । कारणवश आउन भ्याउनुभएन भन्ने ठान्छु । त्यस्तो निर्णय गर्नुभएन भन्ने ठान्छु । कति तमासा गर्नुहुन्छ ? एक नजर चाहिँ (भोलिको भेलातिर) राखिनेछ । पार्टी विधि विधानअनुसार चल्छ । नचाहिने कुराका अगाडि लत्रिने कुरा हुँदैन ।

पार्टीका अध्यक्ष, प्रधानमन्त्रीले बोलाएको चियापानमा नजाने । तर, कसको निम्ता पाए चाँही जानुहुन्थ्यो ? कसकोमा जानुहुन्थ्यो त्यो पनि थाहा छ, तर अहिले नभनौं । यो राम्रो लक्षण होइन । कारणवश आउन भ्याउनुभएन भन्ने ठान्छु ।

सत्यसँग लड्दैनौं, निहु खोजाहरुसँग झुक्दैनौं । हामीले पार्टीलाई अनुशासित, क्रियाशील बनाउनुपर्छ । हामी आवेश उत्तेजनामा आउँदैनौं । देश र जनतालाई मन मस्तिष्कमा राख्छौं ।
नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले ३ चैतमा बालुवाटारमा आयोजना गर्नुभएको चियापान कार्यक्रममा व्यक्त गर्नुभएका विचारको सम्पादित अंश । (प्रधान सम्पादक)