अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

श्रेष्ठको निधनले प्रगतिशील आन्दोलनमा क्षति : प्रधानमन्त्री ओली

श्रेष्ठको निधनले प्रगतिशील आन्दोलनमा क्षति : प्रधानमन्त्री ओली


काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले वामपन्थी बुद्धिजीवी तथा प्राध्यापक डा. माणिकलाल श्रेष्ठको निधनले नेपालको प्रगतिशील आन्दोलनमा क्षति पुगेको बताउनुभएको छ ।

उहाँले आज शोक वक्तव्य जारी गर्दै श्रेष्ठको निधनको खबरले आफूलाई दुःख लागेको उल्लेख गर्नुभएको छ । प्रधानमन्त्रीले वामपन्थी आन्दोलनमा श्रेष्ठले पुर्‍याउनुभएको योगदानलाई स्मरणसमेत गर्नुभएको छ ।

माक्र्सवादको गहिरो अध्ययन गर्नुभएका श्रेष्ठ विसं २०१४ मा काठमाडौं नगरपालिकामा निर्वाचित जनप्रतिनिधिसमेत हुनुहुन्थ्यो ।

प्राध्यापन पेशामा लामो समय बिताउनु भएका श्रेष्ठले वामपन्थी आन्दोलन लागेकै कारण जागिर गुमाउनुभएको थियो । मिर्गौला र मुटु रोगबाट पीडित उहाँको ८९ वर्षको उमेरमा आज निधन भएको हो ।