अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अर्घाखाँचीमा जिप दुर्घटना, सात जना घाइते

अर्घाखाँचीमा जिप दुर्घटना, सात जना घाइते


अर्घाखाँची- अर्घाखाँचीमा जिप दुर्घटना हुँदा सात जना घाइते भएका छन् । सन्धिखर्क नगरपालिका-२ जनज्योति उच्च माबि नजिकै लु १ ज ४५३८ नम्बरको डबल क्याप दुर्घटना हुँदा सात जना घाइते भएका प्रहरीले जनाएको छ । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरी नायव उपरिक्षक माधव बुढाथोकीले जानाकारी दिनुभयो ।

सन्धिखर्क नगरपालिका–९ अर्घा सक्रेटीबाट सदरमुकाम सन्धिखर्कतर्फ आउँदै गरेको डबल क्याप जिप सडकबाट करिब ३५ मिटर तल भीरमा खसेर दुर्घटना भएको उहाँले बताउनुभयो ।

प्रहरीका अनुसार दुर्घटनामा परी अर्घाखाँची सन्धिखर्क ९ अर्घाका २८ वर्षीय सुरज खनाल, उहाँकी श्रीमती २३ वर्षीया रिता खनाल, उहाँको ४ वर्षीय छोरा सुक्रिम खनाल, सोही ठाउँकै ३३ वर्षीया सावित्री खनाल,१८ वर्षीय विजय खत्री, जिप चालक ४२ वर्षीय ठकबहादुर खत्री र ६६ वर्षीया सीता खत्री घाइते भएका छन् ।

घाइतेमध्ये चालक ठकबहादुर खत्री र सीता खत्री गम्भीर घाइते रहेको जनाइएको छ । घाइतेको अर्घाखाँची अस्पतालमा उपचार भइरहेको छ ।