काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्ला केही दिनयता छिमेकी देश भारतमा कोरोना संक्रमण बढेकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।
आइतबार विज्ञप्ति सार्वजनिक गर्दै स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले भारतमा देखिएको संक्रमणको त्रास नेपालमा पनि भएकाले सतर्कता अपनाउन आग्रह गर्नुभएको हो ।
उहाँले सभा, जुलुस, र्याली, भेला, जमघट, गोष्ठी, सेमिनार, बैठक र भीडभाड नगर्न पनि अनुरोध गर्नु भएको छ ।
मन्त्रालयले सामाजिक र भौतिक दूरी कायम गर्न र अनिवार्य रूपमा मास्को प्रयोग गर्न गर्न आग्रहसमेत गरेको छ ।
प्रतिक्रिया