अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री देउवा पत्नी आरजु तेस्रो स्थानमा

प्रधानमन्त्री देउवा पत्नी आरजु तेस्रो स्थानमा


काठमाडौं – कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत महिला खुला केन्द्रीय सदस्यको मतगणना सकिएको छ । जसअनुसार महिलातर्फ खुला केन्द्रीय सदस्यमा डिला संग्रौलाले सबैभन्दा धेरै मत पाउनुभएको छ । उहाँले दुई हजार ८८५ मत पाउनुभएको हो ।

दोस्रो स्थानमा पुष्पा भुसालले पाउनुभएको छ । भुसालले दुई हजार ७१८ मत पाउनुभएको छ । प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवा पत्नी आरजु राणाले दुई हजार ५३६ मत पाउनुभएको छ । उहाँले तेस्रो स्थान पाउनुभएको छ ।

त्यस्तै चौथो बन्नुभएको अम्बिका बस्नेतले दुई हजार ३३९, इश्वरी न्यौपानेले दुई हजार २५९, सरिता प्रसाईंले दुई हजार ९६, रमा कोइराला पौडेलले एक हजार ८५८, सुशीला ढकाल आचार्यले एक हजार ८०४ र रंगमती शाहीले एक हजार ७८९ मतसहित विजयी भएका छन् ।

निर्वाचितमध्ये प्रसाईंबाहेक सबै शेरबहादुर देउवा प्यानलका हुन् । प्रसाई भने शेखर कोइराला प्यानलको उम्मेदवार हुन् । महिला खुला केन्द्रीय सदस्यको ९ पदका लागि ३० जनाले उम्मेदवारी दिएका थिए ।