अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपालमा फेरि कोरोना त्रास :

सभा, जुलुस र गोष्ठी नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह

सभा, जुलुस र गोष्ठी नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह


काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्ला केही दिनयता छिमेकी देश भारतमा कोरोना संक्रमण बढेकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

आइतबार विज्ञप्ति सार्वजनिक गर्दै स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले भारतमा देखिएको संक्रमणको त्रास नेपालमा पनि भएकाले सतर्कता अपनाउन आग्रह गर्नुभएको हो ।

उहाँले सभा, जुलुस, र्‍याली, भेला, जमघट, गोष्ठी, सेमिनार, बैठक र भीडभाड नगर्न पनि अनुरोध गर्नु भएको छ ।

मन्त्रालयले सामाजिक र भौतिक दूरी कायम गर्न र अनिवार्य रूपमा मास्को प्रयोग गर्न गर्न आग्रहसमेत गरेको छ ।