अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बालबालिकालाई प्रधानमन्त्रीको सुझाव : सिर्जनात्मक बन्दै नयाँ रेकर्ड बनाउनू

बालबालिकालाई प्रधानमन्त्रीको सुझाव : सिर्जनात्मक बन्दै नयाँ रेकर्ड बनाउनू


काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले बालबालिकाहरूलाई पूर्खाको योगदान सम्झन, त्यसबारे बुझ्न र आफूले पनि त्यसमा थप योगदान गर्न तत्पर रहनुपर्ने बताउनुभएको छ ।

बालबालिकासम्बन्धी १० वर्षे रणनीतिले सम्बोधन गर्नुपर्ने समस्या र आफ्ना सुझाव दिनका लागि देशका विभिन्न भागबाट बालुवाटार आइपुगेका बालबालिकालाई प्रधानमन्त्रीले भन्नुभयो, ‘तपाईंहरूले सिर्जनात्मक बन्दै नयाँ रेकर्ड बनाउनुपर्छ ।’

प्रधानमन्त्री ओलीले बालबालिकालाई आफ्नो कामप्रति इमान्दार रहनसमेत सुझाव दिनुभयो । नेपालका बालबालिका ज्ञानमा निपूण तथा आविष्कारक पूर्वजको सन्तति भएको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री ओलीले मिहिनेत गरेमा जुनुसुकै काम गर्न पनि बालबालिका सक्षम हुने बताउनुभयो ।

‘पूर्वजहरूले ज्ञान विज्ञानका धेरै कुरा आविष्कार गरेर अहिलेका मानिसलाई सजिलो पारिदिएको पनि उनले बताए । ‘त्यस्ता ज्ञानी पुर्खाको सन्तान हामीले मेहनत गरेर प्रगति गर्नुपर्छ,’ बालबालिकाहरूसँग प्रधानमन्त्रीले भन्नुभयो ।